पोखरा/जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित विभिन्न जेष्ठ नागरिकसँग जोडिएका संघ संस्था हरूसँग आइतबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गरे । उनले जेष्ठ नागरिकलाई संविधान र कानूनले व्यवस्था गरेका सेवा दिनुपर्नेमा जोड दिए । सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको प्रावधान कार्यान्वयन हुन नसकेको ,सेवाप्रदायक अस्पताल,बैंकसहितका सेवा प्रदायक निजी तथा सार्वजनिक संस्थाहरूको ध्यानाकर्षण गराए ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका शाखा अधिकृत लक्षु शर्माले जेष्ठ नागरिकका अधिकार र बर्तमान अवस्था विषयमा अवधारणापत्र प्रस्तुत गरे ।
जेष्ठ नागरिक सेवा सम्बन्धमा संचालित जेष्ठ नागरिक आश्रम र दिवा सेवा केन्द्रहरूका संचालक सहभागीहरूले जेष्ठ नागरिकहरूले भोग्नु परेका समस्याका पारेमा अवगत गराएका थिए ।





