मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

रास्वपा कास्कीका नेता राईले छाडे पार्टी

रास्वपा कास्कीका नेता राईले छाडे पार्टी


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन १४ २०८२, बिहिबार

पोखरा/  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी छाडेका छन् । प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरणमा असन्तुष्ट रहेका उनले बिहीबार सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गरेका हुन् ।

‘‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ । आजदेखि राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन,’ उनले भनेका छन्, ‘अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’ उनी २०७९ को चुनावमा कास्की १ बाट रास्वपा उम्मेदवार थिए ।

त्यतिबेला राजुले १० हजार ९ सय ४१ मत पाएका थिए । तत्कालीन समयमा रास्वपाले सोही क्षेत्रबाट समानुपातिक तर्फ १५ हजार ८ सय ६४ मत ल्याएको थियो । यसपटक पनि आफुले उम्मेदवारी पाउने आशामा उनले तयारी गरेका थिए । ‘नेता चिन्नु पर्ने र टिकट किन्नु पर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा रिन लगाउनु हो,’ उनले भनेका छन्, ‘पार्टी हाइज्याक भयो । टिकट बेच्ने हो भने यो पार्टी किन चाहियो ? नेता वरपर घुमेर टिकट अरू पार्टीबाट पनि पाइन्छ नि । सुरुवातमा मात्रै पार्टी हुने रहेछ, त्यसपछि परिपाटीमा चल्ने रहेछ । नेता चिन्नुपर्दैन भनेर लागेको हो । त्यो अवस्था अब बाँकी रहेन ।’ कास्की क्षेत्र नम्बर १ मा बालेन समूहबाट खड्कराज पौडेल (गनेस) ले टिकट पाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->