पोखरा/ पोखरा– १७ सीतापाइला मार्गमा आज भएको स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ । मृतकमा पोखरा १७ मुलकुुनाकी १६ वर्षीया जेनिशा क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतका अनुसार ग२६प ३३६७ नम्बरको स्कुटर चालक १७ वर्षीय रविन सुनारले नियन्त्रण गुमाउँदा स्कुटर दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भिर घाइेत जेनिशालाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा दिउँसो साढे १ बजे अस्पतालले मृत्यु भएको जनाएको थियो ।
स्कुटर चालक सुनार र स्कुटरलाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ब्





