शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

एमालेका बागलुङ नगर अध्यक्ष शर्माले दिए राजिनामा

एमालेका बागलुङ नगर अध्यक्ष शर्माले दिए राजिनामा

'सूर्यध्वजाबहाक उम्मेदवारलाई जिताउन नसकेको र नगरपालिकाभित्रका पार्टी कार्यकर्तालाई उत्साहित बनाउन नसकेकोमा आत्माआलोचना'


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०८२, मंगलबार

बागलुङ / नेकपा (एमाले) बागलुङ नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माले पदबाट राजिनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो नगरपालिकामा पार्टीको पक्षमा कमजोर मत प्राप्त भएपछि अध्यक्षको जिम्मेवारीमा नैतिकता देखाउदै आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

निर्वाचनमा बागलुङ नगरपालिकाभित्र एमालेले प्राप्त गरेको मतका आधारमा तेस्रो भएको छ । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङ नगरपालिकामा १२१७६ मत प्राप्त गरेर पहिलो भएको छ । नेपाली काँग्रेसले ४४३३ मत प्राप्त गरेर दोस्रो भएको छ भने एमालेले ३९१४ मत प्राप्त गरेर तेस्रो भएको छ ।

अध्यक्ष शर्माले सूर्यध्वजाबहाक उम्मेदवारलाई जिताउन नसकेको र नगरपालिकाभित्रका पार्टी कार्यकर्तालाई उत्साहित बनाउन नसकेकोमा आत्माआलोचना गर्दै नगर अध्यक्ष पदबाट राजिनामा दिएको बताएका छन् । उनले मतदाताको मागलाई बुझ्न नसक्नु पनि कमजोरी भएको जनाएका छन् ।

शर्माले अब पार्टीलाई पुर्नगठन गरेर अगाडि बढ्नु पर्ने आवश्यक रहेकाले सुरुवात आफूबाट गरेको बताए । ‘पदमा बसेर पार्टी सुध्रन नसक्ने भन्दै जिम्मेबारीबाट अलग भएको हुँ’, शर्माले भने । निर्वाचनमा बागलुङ क्षेत्र नं. १ बाट एमालेले हिराबहादुर केसीलाई उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->