सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पूर्व मेयरकाे मृत्युमा चैत १ गते पोखरा महानगरमा शोक विदा

पूर्व मेयरकाे मृत्युमा चैत १ गते पोखरा महानगरमा शोक विदा

थापाले नगर प्रमुखको हैसियतमा महानगरपालिकाको विकास र समृद्धिमा पुऱ्याएको योगदानको उच्च कदर गर्दै श्रद्धाञ्जली अर्पण


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन २९ २०८२, शुक्रबार

पोखरा / तत्कालिन पोखरा उप महानगरपालिकाका नगर प्रमुख कृष्ण वहादुर थापाको मृत्युमा पोखरा महानगरपालिकाले चैत १ गते शोक बिदा दिने भएको छ । महानगरले आज एक सूचना जारी गर्दै स्वर्गीय थापाको सम्मानमा पोखरा महानगरपालिका कार्यालय र अन्तर्गत सबै कार्यालयहरु (स्वास्थ्य संस्था, फोहोरमैला व्यवस्थापन सम्बन्धी अत्यावश्यक सेवा र विद्यालयका पूर्वनिर्धारित परिक्षा कार्यक्रम बाहेक) बन्द रहने जनाएको हो ।

यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति महानगरपालिका क्षमाप्रार्थी रहेको पनि महानगरले जनाएको छ । एमाले केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज रहेका ६६ वर्षीय थापा २०५४ देखि २०५९ सम्म पोखराको मेयर भएका थिए । उनको विहीबार गत फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्ने क्रममा निधन भएको थियो ।

महानगरले थापाको निधले स्तब्ध बनाएको पनि उल्लेख गरेको छ । थापाले नगर प्रमुखको हैसियतमा महानगरपालिकाको विकास र समृद्धिमा पुऱ्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण पनि गरेको छ । शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट पनि महानगरले गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->