शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

बाढी प्रभावितलाई हेमजा बोर्डिङको १ लाख

बाढी प्रभावितलाई हेमजा बोर्डिङको १ लाख


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०८३, शनिबार

पोखरा/भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्र्थापनाका लागि पोखरा–२५, हेमजास्थित हेमजा बोर्डिङ स्कुलले १ लाख १ हजार १ सय १ रुपैयाँ सहयोग गरेको छ ।

बाढीपीडितलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारले उक्त रकम उपलब्ध गराएको हो। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको दुःखमा साथ दिन सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयले ७० हजार प्रधानमन्त्री राहत कोषमा र ३१ हजार १ सय १ रुपैयाँ एनप्याब्सनमार्फत प्रधानमन्त्री राहत कोषामा जम्मा हुने गरी १ लाख १ हजार १ सय १ रुपैया सहयोग गरेको हो । उक्त रकम विद्यालय प्रशाशन, शिक्षक कर्मचारी र विद्यार्थीबाट संकलन गरी सहयोग गरिएको हो ।

विद्यालयका संस्थापक निर्देशक माधवशरण पौडेलले एनप्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, कास्की अध्यक्ष मनकाजी गुरुङ, निवर्तमान अध्यक्ष हेमन्त अधिकारीसहितलाईरकम हस्तान्तरण गरेका थिए ।संस्थापक निर्देशक पौडेलले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु मानवीय तथा सामाजिक दायित्व भएको बताए ।

एनप्याब्सन कास्की अध्यक्ष मनकाजी गुरुङले विपद्का समयमा शैक्षिक संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानवीय सेवामा योगदान पु¥याउनुपर्ने बताए। पोखरा–३० मा अवस्थित न्यु लेखनाथ पब्लिक एकेडेमीले एन प्याब्सन कास्की मार्फत प्रधानमन्त्री राहत कोषामा ३५ हजार सहयोग गरेको छ ।

पोखरा–९ मा अवस्थित सिद्धार्थ लबडेल बोर्डिङ स्कुलले पनि एनप्याब्सन कास्कीमार्फत प्रधानमन्त्री राहत कोषामा २५ हजार सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->