पोखरा/ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले युनाइटेड रेफरेन्स ल्याबोरेटोरी (युआरएल)को रक्त परीक्षण सेवामा विशेष छुट पाउने भएका छन् । स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौतापत्रमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र युआरएलबीच बिहीबार हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले हस्ताक्षर गरेका छन् । ग्रिन डेभलपमेन्ट बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारले युआरएलमा उपलब्ध हुने विभिन्न प्रयोगशाला परीक्षण सेवामा २५ प्रतिशतसम्म छुट पाउने छन् ।
युआरएलले आफ्ना विभिन्न शाखामा ग्रिन डेभलपमेन्ट बैंकका ग्राहकलाई यो सुविधा दिनेछ । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले गण्डकी प्रदेशका २४ स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।





