सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

स्वर्णीम महिला समुहलाई बाद्यवादनका सामाग्री हस्तान्तरण

स्वर्णीम महिला समुहलाई बाद्यवादनका सामाग्री हस्तान्तरण


  • ढाेरपाटन संवाददाता
  • चैत्र २ २०८२, सोमबार

पोखरा/ पोखरा– २६ स्थित स्वर्णीम महिला समुहलाई कला, धर्म र संस्कृतिको संरक्षणमा सहयोग पुराउने उद्देश्यले बाद्यवादनका साधन हस्तान्तरण गरिएको छ । पोखरा महानगरपालिका सामाजिक शाखाको आर्थिक सहयोगमा साधन उपलब्ध गराइएको हो ।

नेपालका परम्परागत खैजडी, मादल र मुजुराको संरक्षणमा सहयोग पुग्ने गरि स्वर्णीम महिला समुहलाई उक्त सामाग्री प्रदान गरिएको हो । हस्तान्तरण कार्यक्रममा पोखरा–२६ का वडासदस्य तिर्थ वहादुर राजभाटले धार्मिक कार्यमा होस् वा अरु कुनै पनि कार्यक्रम गर्दा मनोरंजनका लागि संगीत महत्वपुर्ण हुने बताउदै सकारात्मक काममा वडा सरकार साथमै रहेको महसुस गरेर अबिभावक बिहिन छौ भन्ने महसुस नगर्न अनुरोध गरेका थिए ।

सोही अवसरमा पोखरा महानगरपालिका सामाजिक शाखा प्रमुख चन्द्रावती वाग्लेले संगीत श्रष्टा र कला महिलाहरुसँग जोडिएको प्रशंग उठाएकी थिईन भने स्थानिय समाजसेवी ईश्वरराज भण्डारीले संगीत, धर्म, रितिरिवाज र समाज सम्बन्धको बिषयमा व्याख्या गरेका थिए । स्वर्णीम महिला समुहकी अध्यक्ष निर्मला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय बुद्विमोहन अधिकारी, खेमराज बराल लगाएतले भनाई राखेका थिए । समुहकी सचिव दिपा विकले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बिष्णु लामिछानेले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->