पोखरा/ पोखराको ड्यामसाइडमा जुवातास खेल्ने खेलाउन ११ जना पक्राउ परेका छन् । ३ लाख ४६ हजार ९६५ रुपैयाँसहित उनीहरुलाई शनिवार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १० बुक तास समेत बरामद भएको छ ।
पक्राउ परेका बिरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले बताएका छन् ।
यसअघि पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्दैै आएको प्रहरीले यसपटक भने उनीहरुको नाम सार्वजनिक गरेको छैन ।





