पोखरा/विकासानन्द फाउन्डेसन विश्व परिवार गण्डकी प्रदेशको आयोजनामा पोखराबाट गोर्खासम्म एक सय २५ किलोमिटरको मनोक्रान्ति शान्ति पदयात्रा सुरु भएको छ ।
आइतबार सुरु भएको पदयात्राले मानव हृदयमा पुनः शान्ति, सद्भाव र आध्यात्मिक चेतना जागृत गराउने उद्देश्य बोकेको छ ।
आश्रमबाट चैत्र ८ गते देखि प्रारम्भ भई गोरखा जिल्लाको ऐतिहासिक आस्था केन्द्र गोरखकाली मन्दिरमा चैत्र १३ गते विशेष प्रार्थना ध्यान, ज्ञान, योग तथा समापन हुने विकासानन्द फाउन्डेसन गण्डकीका सचिव प्रकाश पन्तले जानकारी दिए ।
विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको पदयात्राको शुभारम्भ मनोक्रान्ति प्रणेता डा.योगी विकासानन्दले गरेका थिए ।





