सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

गण्डकीमा प्रहरी हाई अलर्टमा

गण्डकीमा प्रहरी हाई अलर्टमा


  • ढाेरपाटन संवाददाता
  • चैत्र १४ २०८२, शनिबार

पोखरा / एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछिको अवस्थालाई मध्यनजर गर्दै गण्डकी प्रदेशमा सुरक्षा निकायलाई हाई अलर्टमा बस्न सर्कुलर भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत हाई अलर्टमा बस्न सर्कुलर भएको हो ।

एक प्रहरी अधिकारीका अुनसार विकसित अवस्था र सम्भावित सुरक्षा चुनौतीलाई मध्यजनर गर्दै हाई अलर्टमा बस्न निर्देशन आएको हो । जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरीलाई बिदामा नबस्न भनिएको छ ।

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगको सिफारिसअनुसार राजधानीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उनीहरुको पक्राउपछि सुरक्षा चुनौती बढ्न सक्ने आशंकाले हाइअलर्टमा बस्न भनिएको हो । ‘पक्राउको विरोधमा आजैदेखि प्रदर्शन र आन्दोलनलगायतका कार्यक्रम हुने देखिएपछि हाई अलर्ट जारी हुनु स्वभाविक हो’, ती अधिकारीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->