पोखरा / गण्डकी प्रदेश सभामा सत्तासीन नेपाल कम्युनिष्ट पार्टी एमालेका मुख्य सचेतक गोविन्दबहादुर नेपालीले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै सरकारले द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन् ।
प्रदेश सभाको आजको बैठकमा आकस्मिक समय लिएर नेपालीले ओली र लेखकलाई प्रतिशोधपूर्ण, पुर्वाग्रही र गैरकानुनी गिरफ्तार गरेकोमा भत्र्सना गरे । ‘उहाँहरुको गिरफ्तारी लोकतान्त्रिक मूल्य मान्यता र कानुनी शासनको मर्मविपरीत रहेकाले तुरुन्त रिहाईको माग गर्दछु’, नेपालीले भने, ‘देशमा प्रतिशोध र पुर्वाीग्रही साध्ने कम भएकाले सशक्त विरोध गरेका छौ, गर्छौ । दुई तिहाईको सरकारले देशलाई द्वन्द्वमा लैजाने काम गरेको छ ।’ गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको छानविन आयोगको प्रतिवेदनका आधारमा ओली र लेखकलाई सरकारले चैत १४ गते बिहानै पक्राउ गरेको थियो ।
एमालेले छानविन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अध्यक्ष हुनु अघि सामाजिक सञ्जालमा सार्वजनिक गरेको धारणाले आयोग र प्रतिवेदन पूर्वाग्रही हुने भन्दै पहिल्यै धारणा स्पष्ट पारेको उनले बताए । यसप्रति एमालेले असहमति जनाएको थियो । कार्कीलाई आयोगको अध्यक्षबाट बर्खास्तका लागि अधिवक्ता विपिन ढकालले दायर गरेको मुद्धामा गत मंसिर १२ गते सर्बोच्च अदालतको पूर्ण इजलासले अव आइन्दा यस्तो आयोगको अध्यक्ष नबनाउन परामादेश जारी गरेको उनको भनाई थियो । साथै नैतिक प्रश्न उठाउदै यस्तो अवस्थामा उक्त पदमा बस्ने नबस्ने उनको निजी कुरा रहेको सर्बोच्चले भनेको उनले बताए ।
प्रतिवेदन प्रतिशोध र पुर्वाग्रहीमात्र नभई अनुसन्धानको न्यायिक सिद्धान्त विपरीत रहेकाले सर्बोच्च अदालतका वहालवाला न्यायाधीशको संयोजकत्वमा छानविन समिति गठन गर्नुपर्ने माग नेपालीले गरे । उनले हिटलरको उदयबारे लेखिएको जर्मनी कवि मार्टिन निमोलरको कविता पनि पढेर सुुनाए ।
पहिला तिनीहरु कम्युनिष्टहरुलाई लिन आए
म बोलिन, किनकी म कम्यनिष्ट थिइन्
पछि उनीहरु समाजवाद भन्दै आए, म बोलिन, किनकी म समाजवादी थिइन्
पछि उनीहरु ट्रेड युनियनवादी भएर आए म बोलिन किनकी म ट्रेड युनियनवादी थिइन्
पछि उनीहरु यहुदी लिन भनेर आए, म बोलिन किनकी म यहुदी थिइन
अन्तिममा उनीहरु मलाई लिन आए, तर मेराबारे बोल्ने कोही थिएन ।





