मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

पोखरामा मिस टिन इन्टरनेशनल प्रतियोगिता हुँदै

पोखरामा मिस टिन इन्टरनेशनल प्रतियोगिता हुँदै


  • ढाेरपाटन संवाददाता
  • बैशाख ४ २०८३, शुक्रबार

पोखरा/  पोखराको लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रस्तुति तथा इभेन्ट्स भर यु प्रालिको आयोजनामा एघारौ मिस टिन इन्टरनेशनल २०२६ हुने भएको छ ।

यसअघि मिस एसइई पोखरालाई स्तरोन्नति गरी यस वर्षबाट मिस टिन इन्टरनेशनलका रुपमा अगाडि बढाइएको हो । विशेष गरी एसईई दिइ बसेका किशोरीलाई लक्षित गरी आयोजना गरिएको यो प्रतियोगितामा १३ देखि १८ वर्षसम्मका किशोरीले भाग लिन पाउने छन् । यही बैशाख ८ गतेसम्म दर्ता गर्ने समय राखिएको र आगामी जेठ २ गते पोखराको लेकसाइडस्थित लेभल्स क्लबमा ग्रान्ड फिनाले हुनेछ ।

प्रतियोगितामा कुनै अडिसन प्रक्रिया विना सिधै दर्ता मार्फत सहभागिता जनाउन सकिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो । कार्यक्रमको सहसंयोजक क्रब्स हाइपरपिगमेन्टेशन (कम्प्लेक्शन क्रीम) डिजिटल भोटिङ पार्टनरमा एभेन्टोज डटकम तथा मेकअप पार्टनरमा गुरुङ ब्यूटी पार्लर रहेका छन् ।

सहभागिका लागि एक सय रुपैयाँ दर्ता शुल्क राखिएको छ । साथै १५ हजार रुपैयाँ प्रशिक्षण शुल्क निर्धारण गरिएकोमा त्यसभित्र एकजोडी डिजाइनर ड्रेस, फोटो सुट, भिडयो सुट, विभिन्न ग्रुमिङ कक्षाहरुका साथै शैक्षिक भ्रमणहरु समावेश रहनेछन् ।  प्रतियोगिताका विजेताले अन्तराष्ट्रिय स्तरको टिन ग्लाम वल्र्ड २०२६ मा सहभागी हुन पाउने छन् । उक्त प्रतियोगिताको भारतको केरलास्थित कोची शहरमा हुनेछ ।  बिजेतालाई एक हजार अमेरिकी डलर नगद पुरस्कार र लिटिल स्टेम सेकेन्डरी स्कुलमा उच्च शिक्षाका लागि पूर्ण छात्रबृत्ति प्रदान गरिनेछ ।

इभेन्ट्स फर युका विशाल गुरुङका अनुसार गत वर्ष भारतकै केरलामा भएको मिस टिन इन्टरनेशनलमा नेपालकी प्रिन्स गुरुङ सेकेन्ड रनर अप भएकी थिइन् । पोखराबाट सुरु भएको मिस एसईई फैलिएर अहिले अन्तराष्ट्रिय स्तरको हनु पुगेको उनको भनाई थियो । ‘यस्ता प्रतियोगिताले नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन मद्धत पुराउँछ’, गुरुङले भने । कार्यक्रममा विद्यालयका संस्थापक एवं अध्यक्ष शेरबहादुर गुरुङले विद्यालयले शुरु गरेको एउटा प्रतियोगिता अहिले अन्तराष्ट्रिय स्तरको बन्न पुगेकोमा खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->