चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपाको सहमति अक्षरश पालना गर्ने बताएका छन्। आइतबार जारी महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बालेनसँगको सहमति इमान्दारिताका साथ पालना गर्ने बताएका हुन्।
‘सरकार सञ्चालनका लागि रास्वपाले निर्वाचनअघिनै बालेनको खुट्टामा बल पुर्याइसकेको छ, भटाभट गोल हान्ने जिम्मा बालेनजी को हो, उहाँले निरन्तरता पनि दिरहनुभएको छ,’ उनले भने, ‘झुक्किएर त्यो बल कहीँ आएछ भने त्यो बल त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।’
उनले भने, ‘हामीले नेपाली जनता र इतिहासलाई साक्षी राखेर रास्वपामा सहमति गरेका छौँ । सहमतिको एक–एक अक्षर इमान्दारिताका साथ पालना गर्ने यहाँ उभिएर म प्रण गर्छु । रास्वपा नेतृत्वमा दुई तिहाइको सरकार बनेको र त्यसको पार्टीले निगरानी गरिरहेको बताए- ‘यहाँ मुख मिठ्याउनेहरु धेरै छन् । म तीनलाई जवाफ दिन होइन इतिहासलाई जवाफ दिन बोलिरहेको छु ।’





