शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कार्यक्रमस्थलवाटै किन पक्राउ परे एमाले उपाध्यक्ष पौडेल ?

कार्यक्रमस्थलवाटै किन पक्राउ परे एमाले उपाध्यक्ष पौडेल ?

उनलाई भोली विहान नेपालगञ्जबाट हवाई जहाजमार्फत काठमाडौं ल्याउने तयारी छ ।


  • ढोरपाटन संवाददाता
  • असार ८ २०८३, सोमबार

काठमाडौं / नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल सोमबार दिउँसो सुर्खेतको शुभ होटलमा पार्टीको कार्यक्रममा थिए।

कार्यक्रमस्थलमा रहेका एमाले कार्यकर्ताका अनुसार निर्वाचनमा पराजित हुनुका कारण र अब पार्टीलाइ कसरी पुनर्गठन गर्ने भन्ने विषयमा भित्र प्रदेशस्तरीय छलफल भइरहँदा प्रहरी कार्यक्रम भइरहेको ठाउँमा पुगेको थियो।

प्रहरी टोलीको नेतृत्व जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) गरेका थिए। कार्यकर्ताहरूका अनुसार, ‘प्रहरी टोलीले उपाध्यक्ष पौडेललाई सुटुक्कबाट बाहिर निकाल्यो। अनि नियन्त्रणमा लियो।’

एमालेका केन्द्रीय सदस्य रुद्र शाहीले भित्र कार्यक्रम चलिरहेको समयमा सहभागीलाई जानकारी नदिई पौडेललाई बाहिर लगेको बताए। ‘हामीलाई केही थाहा भएन। कार्यक्रम चलिरहेका बेला एकछिन काम छ भनेर बाहिर लगिएको थियो। त्यसपछि उहाँलाई पक्राउ गरिएको भन्ने जानकारी अहिले मात्र पाएका छौं’, उनले भने।

शाहीका अनुसार पौडेललाइ बाहिर निकाल्दा भित्र बैठक चलिरहेकै थियो। ‘सहभागीहरू कार्यक्रममै व्यस्त थिए। बैठक अब सकिने बेला भएको छ, हामी अहिले पनि बैठकमै छौँ’, उनले भने। सरकारले प्रतिशोध साँध्न पक्राउ गरेको उनले बताए।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताइएको छ। उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बताएको छ ।

पौडेललाई पक्राउ गर्नुअघि उनको काठमाडौं भैंसेपाटीस्थित निवासमा छापा मारेको थियो । प्रहरीले छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको विभाग सम्बद्ध स्रोतले बतायो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पौडेललाई सडक मार्गबाट सुर्खेतबाट नेपालगन्ज लगिएको छ। नेपालगञ्जबाट उनलाई हवाई जहाजमार्फत आझै काठमाडौं ल्याउने तयारी थियो । तर, राति अबेर भएको र सुरक्षा चुनौतीलाई हेरेर यात्रा नगराउने निर्णय भएको प्रहरी स्रोतले बतायो । उनलाई भोली विहान नेपालगञ्जबाट हवाई जहाजमार्फत काठमाडौं ल्याउने तयारी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->