बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा पुराइयो

पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा पुराइयो

सोमवार सुर्खेतबाट पक्राउ परेका पौडेललाई आज नेपालगञ्जबाट स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको हो।


  • ढोरपाटन संवाददाता
  • असार ९ २०८३, मंगलबार

काठमाडौं / विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्‍याउन सघाएको आरोपमा पक्राउ परेका एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्याइपुर्‍याएको छ।

सोमवार सुर्खेतबाट पक्राउ परेका पौडेललाई आज नेपालगञ्जबाट स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

‘दीपक भट्टको व्यवसायलाई लाभ पुर्‍याउने गरी काम गरेको देखिएको छ। त्यो काम गरेको भन्ने विषय विभिन्न पक्षको बयानबाट पनि खुलेको छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘पूर्वअर्थमन्त्री पौडेलले एक व्यापारीलाई एउटा कम्पनीको सेयर दीपक भट्टको कम्पनीलाई सस्तोमा बेच्न दबाब दिएको देखिन्छ। सस्तोमा सेयर बिक्री गरेबापत मलाई के लाभ हुन्छ भन्ने व्यापारीको प्रश्नमा पौडेलले चारवटा फाइदा हुने काम गरिदिने आश्वासन दिएका रहेछन्। तीमध्ये केही काम पौडेल अर्थमन्त्री भएका बेला सम्पन्नसमेत भएका रहेछन् भने केही पूरा नभएको भन्ने बयान प्राप्त भएको छ। सोही आधारमा उनीमाथि अनुसन्धान गर्न पक्राउ गरिएको हो।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->