शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रास्वपा सभापतिमा लामिछाने निर्विरोध, मध्यरातमा के लेखे बालेनले ?

रास्वपा सभापतिमा लामिछाने निर्विरोध, मध्यरातमा के लेखे बालेनले ?

बालेनले रोमनमा लेखे,‘शुभकामना हाम्रो पार्टीलाई। सबै जना सफल हुनुस्। देशलाई सफल बनाउनुस्।’


  • ढोरपाटन संवाददाता
  • असार १० २०८३, बुधबार

चितवन / सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट सभापति पदमा फेरि रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको हो ।

केसीका अनुसार केन्द्रीय समिति सदस्यका लागि अहिले बिहान ८ बजेबाट मतदान सुरु हुने छ । मतदातालाइ मतदान गर्न करीव ८ घन्टा लाग्ने छ । उनले मतदान सकिएको दुइ घन्टामा परिणाम आउने पनि बताए ।

रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेता पदका लागि पहिले केन्द्रीय सदस्यमा चुनिनु पर्दैन।

रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएपछि प्रधानमन्त्रीसमेत रहेका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मध्यराति सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्।

चितवनमा जारी महाधिवेशनमा बालेनकै प्रस्तावमा मंगलबार रविले सभापति पदमा उम्मेदवारी दिएका थिए। यसमा खुसी हुँदै वरिष्ठ नेता बालेनले सामाजिक सञ्जालमा आफू र रविको स्केच चित्रसहित पार्टीलाई शुभकामना दिएका हुन्।

उनले रोमनमा लेखेका छन्, ‘शुभकामना हाम्रो पार्टीलाई। सबै जना सफल हुनुस्। देशलाई सफल बनाउनुस्।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->