शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रास्वपा महाधिवेशनः मतदान जारी, बिहान १० बजेसम्ममा सकाउने तयारी

रास्वपा महाधिवेशनः मतदान जारी, बिहान १० बजेसम्ममा सकाउने तयारी

मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन जडान गरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • असार ११ २०८३, बिहिबार

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि हिजो रातीबाट विद्युतीय मतदान सुरु भएको हो ।

मतदान सुरु भएसँगै प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरी मतदान गरीरहेका छन् । असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १० बजेसम्म जारी रहने केसीले जानकारी दिए ।

रास्वपाका प्रवक्ता मनीष झाका अनुसार मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन जडान गरिएको छ ।

निर्वाचनमा ३ सय ८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->