शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

पदाधिकारीका लागि भएको मतदानमा ७८९ मत प्राप्त गर्दै सोविता निर्वाचित भएकी हुन् ।


  • ढोरपाटन संवाददाता
  • असार १२ २०८३, शुक्रबार

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै सोविता निर्वाचित भएकी हुन् ।

डा. तोसिमा कार्कीलाई पराजित गर्दै उनी उपसभापति निर्वाचित भएकी हुन् । डा. तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् । पदाधिकारीका लागि भएको मतदानमा १ हजार २८९ मत खसेको थियो ।

रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो ।

केन्द्रीय सदस्यको भन्दा १ हजार ६ सय ७० जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका थिए । गत ७ असारदेखि सुरु भएको महाधिवेशन पदाधिकारीको टुंगो लागेपछि सकिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->