बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

२४ बर्षिया छोराले ४० बर्षिया आफ्नै आमाको गरे हत्या

२४ बर्षिया छोराले ४० बर्षिया आफ्नै आमाको गरे हत्या

मेघियामाथि उनका छोरा २४ वर्षीय किरण चौधरीले कुटपिट गरेका थिए ।


  • ढोरपाटन संवाददाता
  • असार १३ २०८३, शनिबार

काठमाडौं / भक्तपुरको सूर्यविनायक नगरपालिका-९ भातेढिकुरमा सुन्दै विश्वास नलाग्ने घट्ना भएको छ । त्यहाँ आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

उदयपुर कटारी नगरपालिका-५ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-९ भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीको आफ्नै छोराको कुटपिटबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार शुक्रबार साँझ करिब ७.४५ बजे मेघियामाथि उनका छोरा २४ वर्षीय किरण चौधरीले कुटपिट गरेका थिए ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएकी मेघियालाई उपचारका लागि ललितपुरको पाटन अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->