शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राम्रो कामका लागि सांसद सांसदबीच प्रतिस्पर्धा हुनुपर्छः सभामुख अर्याल

राम्रो कामका लागि सांसद सांसदबीच प्रतिस्पर्धा हुनुपर्छः सभामुख अर्याल

‘हामी सांसद-सांसदबीचको स्वास्थ प्रतिष्पर्धा राम्रोको लागि कानुन बनाउने कुरामा, राम्रो व्यवहार देखाउने कुरामा, राम्रो प्रस्तुति दिने कुरामा हामी कसरी अब्बल बन्न सक्छौँ त ?’


  • ढोरपाटन संवाददाता
  • असार १५ २०८३, सोमबार

काठमाडौं / प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधि अघि बढाउन सांसदलाई निर्देशन दिएका छन्। सोमबार संघीय संसद् सचिवालयले सिंहदरबारमा सांसदका लागि आयोजना गरेको दुई दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै अर्यालले सांसदबीच राम्रो कानुन बनाउने कुरा, राम्रो व्यवहार प्रदर्शन गर्ने कुरामा प्रतिष्पर्धा हुन आवश्यक रहेको बताए।

‘हामी सांसद-सांसदबीचको स्वास्थ प्रतिष्पर्धा राम्रोको लागि कानुन बनाउने कुरामा, राम्रो व्यवहार देखाउने कुरामा, राम्रो प्रस्तुति दिने कुरामा हामी कसरी अब्बल बन्न सक्छौँ त ?,’ उलने भने।

सभामुख अर्यालले लाखौँ नेपाली जनताले मत दिएर पठाएका जिम्मेवारी नागरिक भएको हुनाले सांसदले आम जनताको मूल्याकंनमा अब्बल हुनेगरी व्यवहार देखाउनुपर्ने बताए। सांसदको हरेक गतिविधिलाई आम जनताले मूल्यांकन गरिरहेको हुनाले उनीहरूले जनताको माझमा अब्बल हुनेगरी काम गर्नुपर्ने सभामुख अर्यालको भनाइ थियो।

‘हामी प्रतिनिधि सभाको हजारौँ, लाखौँ जनताले हरेक एक–एक जनाले मत दिएर पठाएको एक जना जिम्मेवार नागरिक हौँ। त्यसकारण हामीले गर्ने व्यवहार आजैको समयमा उपस्थिति हुने कुरादेखि आजै हामी सबै उपस्थित हुने कुरादेखि यी हरेक कुराहरुलाई जनताले मूल्यांकन गरिरहेको हुनुहुन्छ,’ अर्यालले भने।

उनले अभिमुखिकरण कार्यक्रमबाट सिकेर सांसदले आफनो भूमिकालाई आगामी दिनमा अझ बढी प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। सभामुख अर्यालले अभिमुखिकरण कार्यक्रममा सबै सांसदको उपस्थिति नभएकोमा असन्तुष्टि जनाए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->