काठमाडौं / मिस नेपाल-२०२६ को उपाधि दीपमाला ढकालले जीतेकी छन् । द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड घोषित भइन् ।
ढकाल ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका हुन् ।
मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भए ।

मिस कोस्मो योलिंडा लिंडक्विस्ट लगायत जजको रूपमा सहभागी थिए । द हिडन ट्रेज़रले मिस नेपालको आयोजना गरेको हो ।





