आइतबार, भाद्र १४ २०८३

आइतबार, भाद्र १४ २०८३
  • १४ भाद्र २०८३ , आइतबार
  • August 30 2026

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि काठमाडौं फर्के प्रधानमन्त्री शाह

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि काठमाडौं फर्के प्रधानमन्त्री शाह

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय छन्।


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८३, बिहिबार
बाढी प्रभावित क्षेत्र अनुगमन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्केका छन्।आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट गएका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन गरे।

बाढीलगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिएका शाहले विदुर र त्यस आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिए। प्रधानमन्त्री शाहको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको प्रत्यक्ष​​​​​​​ अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो।

सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनःस्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिए।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->