मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

प्रिय जेनजी, सुशासन कायम हुने नै छः प्रधानमन्त्री

प्रिय जेनजी, सुशासन कायम हुने नै छः प्रधानमन्त्री

२३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा २४ भदौमा मुलुकभर प्रदर्शन भएको थियो ।

  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८३, मंगलबार

काठमाडौं / प्रधानमन्त्री बालेन शाहले जेनजीहरूलाई सम्बोधन गर्दै सुशासन कायम हुने बताएका छन् । गत वर्ष २३ भदौ (सेप्टेम्बर ८) मा भएको जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ ।

यही दिनलाई सरकारले ‘जेनजी शहीद दिवस’ घोषणा गरेको थियो । भने आज देशभरि सार्वजनिक बिदा दिएको छ ।

यसैबीच प्रधानमन्त्री शाहले मंगलबार साँझ जेनजीहरूलाई सम्बोधन गर्दै लेखेका छन्, ‘प्रिय जेनजी सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।’

२३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा २४ भदौमा मुलुकभर प्रदर्शन भएको थियो ।

दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७६ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी समेत भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->