बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

आगामी अधिवेशनमा आवश्यक परे नेतृत्व छाड्न तयार छु– सभापति थापा

आगामी अधिवेशनमा आवश्यक परे नेतृत्व छाड्न तयार छु– सभापति थापा


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०८३, बिहिबार

स्याङ्जा/ नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी अधिवेशनमा आवश्यक परे नेतृत्व छाड्न तयार रहेको बताएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री स्व. गोपालमान श्रेष्ठको ४५ औँ दिनको पुण्य तिथिको अवसरमा आयोजना गरिएको शोकसभामा विहीबार सभापति थापाले आगामी अबिधेशनमा पुनः पार्टी जाग्ने दावी गरे ।

स्व. श्रेष्ठले नेपालको राजनीति र लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको भूमिका तथा पार्टी र स्याङ्जाको सामाजिक–राजनीतिक क्षेत्रको योगदानको स्मरण गर्दै नेपाली काग्रेस स्याङ्जाले शोकसभा आयोजना गरेको थियो ।

शासकीय अहंकारले सधै व्यवस्था हल्लिने गरेको बताउदै सभापति थापाले गत भदौ २३ गतेको जेनजी आन्दोलन पनि त्यसकै प्रारुप भएको उल्लेख गरे । सबैले पार्टी बलियो हुने भनिने गरेपनि त्यस्तो नभएको बताउदै थापाले सबैले काग्रेसको महत्व कुन ठाउँमा छ हेनुपर्ने बताए ।

मतदाता पार्टीको नभई सधै स्वतन्त्र हुने बताउदै सभापति थापाले समर्थक, शुभेच्छुक घटाउन नहुनेमा जोड दिए । चुनाब जित्ने र हार्ने कुरालाई महत्व राख्दा समर्थक र शुभेच्छुक परिवर्तन भएको बताउदै थापाले फेरी एक पटक लोकप्रिय र जनताको भरोसायोग्य पार्टी बन्ने जनाए ।

सबैलाई एक ठाउँमा बनाउन आफू लाग्ने बताउदै थापाले पार्टी भित्रको फोहोर हटाउन कुनै कसर पनि नराख्ने बताए । स्व गोपालमानले पार्टी अगाडि बढाउन हौसला प्रदान गरेको उल्लेख गर्दै उनले प्रजातन्त्रलाई आँच नआउने गरेर काम गरे उहाँको सच्चा सम्मान हुने बताए ।

कार्यक्रममा महामन्त्री प्रदीप पौडेल, केन्द्रिय सदस्य सरस्वति अर्याल, प्रदेश उपसभापति कल्पना तिवारी, मेखलाल श्रेष्ठ, काग्रेस नेता भरतराज ढकाल, सचिव गुरुप्रसाद भट्राई, मोहन पाण्डे, भोजराज अर्याल लगायतले मन्तब्य राखेका थिए ।

काग्रेस बरिष्ठ नेता श्रेष्ठको गत साउन १२ गते जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारको क्रममा क्यान्सर रोगका कारण ८३ बर्षको उमेरमा मृत्यु भएको थियो ।
२०१७ सालदेखि, विद्यार्थी अवस्थाबाटै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील श्रेष्ठ २०३६ को जनमतसंग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र २०६२–६३ को दोस्रो जनआन्दोलनमा सक्रिय रहेका थिए ।

नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिसमेत भइसकेको श्रेष्ठ २०४८ र २०५६ र २०६४ मा स्याङ्जाबाट संसदीय निर्वाचनमा निर्वाचित भएका थिए । उनले उपप्रधानमन्त्रीको जिम्मेवारी सहित शिक्षा, भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री र उद्योगमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->