सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३
  • ५ असोज २०८३ , सोमबार
  • September 21 2026

महाधिवेशनकोका लागि देउवा समूहले ७७ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

महाधिवेशनकोका लागि देउवा समूहले ७७ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

जिल्लामा खटाइएका प्रतिनिधिलाई असोज १५ गतेबाट वडा अधिवेशन सुरु गर्न भनिएको छ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८३, शनिबार

पोखरा / नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तयारीका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

शनिबार देउवा पक्षको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलले प्रेस विज्ञप्ति जारी गरी ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको जनाएका छन्।

वडादेखि प्रदेश अधिवेशनसम्म गर्नका लागि केन्द्रीय प्रतिनिधि खटाइएको जनाइएको छ। जिल्लामा खटाएका प्रतिनिधिलाई तत्काल कार्यक्षेत्रमा गएर काम गर्न भनिएको छ।

कुइकेलले जारी गरेको विज्ञप्तिमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व भएकाले केन्द्रीय प्रतिनिधि खटाइएको जनाएको छ।

जिल्लामा खटाइएका प्रतिनिधिलाई असोज १५ गतेबाट वडा अधिवेशन सुरु गर्न भनिएको छ। देउवा पक्षले आउँदो मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन तोकेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->