शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

गण्डकीका मुख्यमन्त्रीको के छ संघबाट अपेक्षा ?

गण्डकीका मुख्यमन्त्रीको के छ संघबाट अपेक्षा ?

संविधान दिवशको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संघले आवश्यक सहजीकरण र सहयोग गर्ने आशा व्यक्त गरेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०८३, शनिबार

पोखरा/गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका संवैधानिक अधिकारको प्रभावकारी प्रयोग, कानुन कार्यान्वयन तथा वित्तीय संघीयतालाई सबल बनाउन संघ सरकारबाट सहयोगको अपेक्षा गरेका छन् ।

संविधान दिवशको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संघले आवश्यक सहजीकरण र सहयोग गर्ने आशा व्यक्त गरेका हुन् । मुख्यमन्त्री पाण्डेले नेपालको संविधान २०७२ को प्रभावकारी कार्यान्वयनबाटै देशको समुन्नति सम्भव भएको औंल्याएका छन् ।

उनले संघीयताको प्रभावकारी कार्यान्वयनबाट मात्रै संविधानले परिकल्पना गरेको समावेशी, सन्तुलित र जनमुखी शासन प्रणालीलाई थप संस्थागत गर्न सकिने जनाए । संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य मान्यताको सुदृढीकरण, सुशासन, विकास र समुन्नतिका लागि सबैको एकता, सहकार्य र साझा प्रयास आवश्यक भएको उनको भनाइ छ ।

सन्देशमा भनिएको छ, ‘गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को संकल्पलाई सार्थक बनाउन सम्पूर्ण प्रदेशवासीको साथ, सहयोग र सहकार्य प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।’

संविधान दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकीले विशेष कार्याक्रम आयोजना गरेको छ । बिहान साढे ८ बजे सहिदचोकमा सहिदहरुको शालिकमा माल्यार्पणपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुल समारोह हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->