
बागलुङ (खर्वाङ)/नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत पश्चिम बागलुङको बडिगाड गाउँपालिकाका १० वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिकाका सबै वडामा नयाँ नेतृत्व चयन गरिएको छ ।
नेपाली कांग्रेस बडिगाडका अनुसार, पालिकाका सबै वडामा सभापति सहितका पदाधिकारी चयन गरिएको हो । वडा नं. १ मा बोमबहादुर थापा, वडा नं. २ मा गोकुल गिरी, वडा नं. ३ मा मनबहादुर घर्ति, वडा नं. ४ मा पदम श्रीस, वडा नं. ५ मा चेतनारायण (कृष्ण) आचार्य सभापतिमा चयन भएका छन ।
यस्तै वडा नं. ६ मा टोपबहादुर केसी, वडा नं. ७ मा पदम थापा, वडा नं. ८ मा विनोद कुमार घर्ति, वडा नं. ९ मा क्याप्टेन धु्रवप्रताप मल्ल र वडा नं. १० मा तेजेन्द्र छन्त्याल वडा सभापतिमा निर्वाचित भएको कांग्रेसले जानकारी दिएको छ । साथै अधिवेशनले पार्टीले क्षेत्रीय प्रतिनिधी पनि छनोट गरेको छ ।





