मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कैदी महिलालाई ब्यूटिसियन तालिम

कैदी महिलालाई ब्यूटिसियन तालिम


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०७५, मंगलबार

पोखरा, ५ चैत – गण्डकी प्रदेश सभा सदस्य तथा हङकङ ब्यूटि कलेजका संस्थापक मिना गुरुङले आफ्नो कलेजको तर्फबाट कारागारका महिला बन्दीहरुलाई ब्यूटिसियन तालिम दिनेभएकी छन् । उनले कारागारका महिलाहरुलाई कैदभुक्तान भएपछि आत्मनिर्भर बनाउन  निशुल्क तालिम प्रदान गरेकी हुन् । तालिमलाई सम्बोधन गर्दै गुरुङले जुनसुकै उमेर समुहका महिलाहरले पनि सौन्दर्य ब्यावसाय गरेर जिविकोपार्जन गर्न सक्ने बताईन् । उनले भनिन् “यो पेशा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत बिक्न सक्ने पेशा हो । लगानी पनि धेरै गर्न नपर्ने महिलाहरका लागि सजिलो सुरक्षित छ ।” प्रशिक्षार्थी तथा कारागारका महिलाहरुहरुलाई सम्बोधन गर्दै सांसद गुरुङले भनिन् कागार भित्रै सहि आचरण देखाएमा कैद सजाय कम हुने हुदा सबै जना नैतिकबान बन्नुपर्नेमा उनको जोड थियो । उक्त ३ महिने निशुल्क तालिममा ३० जना भन्दा बढी महिलाको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षक रचना अधिकारी अनिता गुरुङ बिना गुरुङ र सरस्वती सुनार रहेका छन् । यस अघि पनि हङकङ ब्यूटि कलेजले बिगतमा २ पटक यस्तै कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->