बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

भीषण हावाहुरीका कारण बारा र पर्सामा १८ सय ९५ घरमा क्षति

भीषण हावाहुरीका कारण बारा र पर्सामा १८ सय ९५ घरमा क्षति

विवरण अनुसार हालसम्म हावाहुरीका कारण २७ जनाको ज्यान गएको छ। जसमा १० पुरुष, ११ महिला, २ बालक र ४ बालिका छन ।


  • Dhorpatan News
  • चैत्र २० २०७५, बुधबार

बारा, २० चैत – जिल्ला प्रशासन कार्यालय बाराले तयार पारेर गृहमन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण अनुसार आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीका कारण १८ सय ९५ घरमा क्षति पुगेको छ । जिप्रका बाराले गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई तयार पारेर बुझाएको प्रारम्भिक विवरण अनुसार ९ सय ४० घरधरीमा पूर्ण क्षति भएको पाइएको छ। जसमा तीनवटा इँटा उद्योग र एक स्वास्थ्य चौकी समेत सामेल छ। साथै ९ सय ५५ घरमा भने आंशिक क्षति मात्रै पुगेको छ। हावाहुरीले सबैभन्दा धेरै क्षति बाराको फेटा गाउँपालिकामा पुर्‍याएको छ। त्यहाँको भरवलियामा १३० घर पूर्णरुपमा क्षति भएका छन् भने ६० घरमा आंशिक क्षति पुगेको छ। यस्तै पुरैनियामा ५५ घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने २५ घरमा आंशिक क्षति भएको छ। फेटाकै गम्हरियाको ९ घरमा पूर्ण क्षति र ६ घरमा आंशिक क्षति पुगेको छ। सोही गाउँपालिकामा सबैभन्दा धेरै १८ जनाको मृत्यु भएको थियो। गृहको विवरण अनुसार हालसम्म हावाहुरीका कारण २७ जनाको ज्यान गएको छ। जसमा १० पुरुष, ११ महिला, २ बालक र ४ बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा २३ जना नेपाली नागरिक हुन् भने ४ जना भारतीयको पनि ज्यान गएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->