मंगलबार, असोज ६ २०८३

मंगलबार, असोज ६ २०८३
  • ६ असोज २०८३ , मंगलबार
  • September 22 2026

टुंगियो जिल्ला नेतृत्व, कतै खुसी कतै असन्तुष्टी !

टुंगियो जिल्ला नेतृत्व, कतै खुसी कतै असन्तुष्टी !


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७६, मंगलबार

पोखरा,१० बैशाख -देशभरका जिल्ला मध्ये तत्कालिन एमाले र माओवादीले नेतृत्व बाँडफाँड गरेपछि सबै नेतृत्व टुंगिएको छ । तत्कालिन एमालेको भागमा ४४र माओवादीको भागमा ३३ जिल्ला परेको छ । गण्डकी प्रदेशमा साबिक एमालेले ७ र साबिक माओवादीको भागमा ४ जिल्लाको नेतृत्व बाँडफाँड गरिएको छ । लमजुङ, गोर्खा,स्याङजा म्याग्दी साबिक माओवादीले पाएको छ । बागलुङमा सचिव माओवादीले पाएको छ । जस अनुसार एमाले नेता तथा निर्वतमान अध्यक्ष ईन्द्रलाल सापकोटानै अध्यक्ष भएका छन् । माओवादीको तर्फबाट ज्ञामनाथ गैहै्र सचिव भए । तत्कालिन माओवादीको सेक्रेटरी रहेका गैह्रेले एकीकृत पार्टीको सचिव पाएका हुन् । यस अघि माओवादीका नेता रहेका फमलाल निउरेको पनि चर्चा बढी थियो । दुइ बर्ष अघि भएको जिल्ला अधिवेसनबाट एमाले अध्यक्षमा निर्वाचित भएका ईन्द्रलाल सापकोटाले प्रदेश सभा सदस्य भएपनि अध्यक्षको पनि जिम्मेवारी पाएका छन् ।

सापकोटा बागलुङ क्षेत्र नं. १ को प्रदेश १ बाट निर्वाचित सदस्य हुन् । उनले कांग्रेस सभापति दिपेन्द्र थापालाई पराजित गरेका थिए । पार्टी नेतृत्वमा विधि र विधानलाइ सम्मान गर्ने र चुस्त कार्यप्रकृया अगाडि बढाउने लक्ष राख्ने सापकोटाले एकीकृत पार्टीको पनि जिम्मेवारी पाएका छन् ।
२०४२ सालदेखि गाउँपार्टीको राजनीतिमा सक्रिय सापकोटाले २०४७ मा एमालेको सदस्यता लिएका हुन् । २०५४ को स्थानीय निर्वाचनमा मालिका गाविस अध्यक्षमा निर्वाचित भएपछि युुवा संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र २०६२ मा केन्द्रीय महासचिव सम्म भएका हुन् । जिल्ला पार्टी प्रमुख सचिव रहने बेला नेतृत्वमा आएका सापकोटाले जिल्ला सचिव राजिनामा दिएर युवा संघको केन्द्रीय अध्यक्ष लडेका थिए । पूर्व मन्त्री महेश बस्नेतस“ग पराजित सापकोटा जिल्ला फर्केपछि पार्टीको अध्यक्षमा निर्वाचित भएका हुन् । ५१ बर्षका सापकोटा हाल प्रदेश कमिटिका सदस्य पनि छन् ।
त्यस्तै कास्कीमा अध्यक्षमा कृष्ण थापा र सचिवमा बखानसिंह तमु भएका छन् । यस अघि पनि एमालेको अध्यक्ष रहेका थापा प्रदेश सभा सदस्य पनि हुन् । तमु पर्वतका हुन् । उनले पोखराको राजनीतिमा प्रवेशपछि बिभिन्न पदहुँदै माओवादीको नेतृत्वमा पुगेका थिए । यसअघि अध्यक्षमा तत्कालीन एमालेका सचिव तथा नेकपाको कार्यदल सदस्य दामोदर बैरागीको चर्चा थियो । तर, उनलाई अध्यक्ष दिइएन । प्रदेश सांसद रहेका कृष्ण थापाले नै अध्यक्ष पाएपछि बैरागीले फेसबुकमार्फत असन्तुष्टी जाहेर गरेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीको एकता पछि कमिटी एकीकृत गर्न बनेका मापदण्ड र सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री,सांसदहरूको रुवावासी सुन्दा र अहिले कमिटी घोषणा गर्ने बेला बनेका मापदण्ड हेर्दा ५ (पाँच) टुक्रा पुराना गीतको याद आयो भन्दै फाटेको जालले छेकेको,छेके पनि छर्लङ्ग देखेको हेर गाउँले हो,कोहीलाई भने धनमाथि धनको राश,कोहीको भने घरवासै उठिबास हाम्रो नेपालमा, कोही त भने जहाजमा हररर,कोहीको भने पसिना तररर हाम्रो नेपालमा,कोहीको घरमा कुकुरलाई मासुभात,कोहीको घरमा सधैंको रुवावास हाम्रो नेपालमा, हिडें म त काले कि आमा गरिबको सुदिन फिराउन,रुञ्चे मुख नलगाउ तिमी हिड बरु जनतालाइ बिँउझाउन भन्ने टुक्का पोष्ट गरेका छन् । तनहुँमा एमालेका केदार सिग्देल अध्यक्ष माओवादीका राजेन्द्रकेशरी न्यौपाने सचिव भएका छन् । लमजुङमा माओवादीका मधु अधिकारी अध्यक्ष, सचिवमा एमालेका धनन्जय दवाडीलाई जिम्मेवारी दिइएको छ । मधु प्रदेशसभा सदस्य हुन् । उनी जिल्ला अध्यक्ष बन्ने तीन महिनामध्येकी भाग्यमानी पनि हुन् । उनी माओवादी केन्द्रकी संयोजक थिइन् । उनी पहिलो संविधानसभा निर्वाचनमा अहिलेका मुख्यमन्त्री पृथ्वीसुब्बासँग पराजीत भएकी थिइन् । उनी धनञ्जयकी बहिनी हुन् । उनीहरुको गाउँ पनि एउटै हो । गोरखामा लेखबहादुर थापा अध्यक्षमा र सचिवमा प्रेम गुरुङ चयन भएका छन् । त्यस्तै हिमाल पारीको जिल्ला मनाङको अध्यक्षमा पाल्तेन छोयान गुरुङ र सचिवमा बेदबहादुर गुरुङ तथा मुस्ताङको अध्यक्षमा चन्द्रमोहन गौचन र सचिवमा सत्य नारायण शेरचन चयन भएका छन् । पर्वतको अध्यक्षमा एमालेका पदम गिरी र सचिवमा माओवादीका सुदिप कुँवर तथा म्याग्दीको अध्यक्षमा माओवादीका गोबिन्द पौडेल र सचिवमा एमालेका हरिकृष्ण श्रेष्ठ चयन भएका छन् । त्यस्तै स्याङजाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे र सचिवमा मीनबहादुर गुरुङ चयन भएका छन् । सूर्यप्रसाद स्याङ्जा २ खका पराजीत उम्मेदवार हुन् । नवलपुरको अध्यक्षमा माओवादीका रोशन गाहा र सचिवमा एमालेका मित्रशरण शर्मा चयन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->