पोखरा ,१२ बैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तहमा संगठन निर्माण गर्ने क्रममा गण्डकी प्रदेशका विभिन्न स्थानीय तहमा कमिटीहरु गठन गरेको छ । नेकपा प्रदेश कमिटीको बैठकले पार्टी संगठनलाई चुस्त र क्रियाशिल बनाउन कमिटीहरु गठन गरेको प्रदेश कमिटी सचिव गोविन्दबहादुर नेपालीले बताए । उनका अनुसार तनहुँको रिसिङ गाँउपालिका अध्यक्षमा गम्जसिंह गुरुङ र सचिवमा विरबहादुर थापा, घिरिङ गाँउपालिका अध्यक्षमा होमबहादुर थापा र सचिमा भुवन वि.क, भिमाद नगरपालिकामा अध्यक्ष रामबहादुर थापा र सचिवमा इमान थापा, शुक्लागण्डकी नगरपालिकामा अध्यक्ष मुक्ति तिमिल्सिना र सचिव बुद्धिसागर रिमाल रहेका छन् । यसैगरी म्याग्दे गाँउपालिका अध्यक्षमा डिलबहादुर नेपाली र सचिवमा सोमबहादुर आले, त्यसैगरी ब्यास नगरपालिकाको अध्यक्षमा श्रीराम कार्की र सचिवमा रामचन्द्र सापकोटा, भानु नगरपालिकामा अध्यक्ष पे्रम राना र सचिव सिताराम अधिकारी, बन्दीपुर गाँउपालिकाको अध्यक्षमा विद्या क्षत्री र सचिवमा जीवन कायस्थ, आँबुखैरेनी गाँउपालिकाको अध्यक्षमा प्रेम गुरुङ र सचिवमा वेलबहादुर गुरुङ तथा देवघाट गाँउपालिका अध्यक्षमा भुवन गुरुङ र सचिवको जिम्मेवारी केशवचन्द्र न्यौपानेलाई दिइएको छ ।
यता मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा नविन भट्टचन अध्यक्ष र सचिव मनप्रसाद गौचन, घरफझोङ गाउँपालिका अध्यक्षमा प्रदीप थकाली र सचिवमा फिरोज लालच, यसैगरी वाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्षमा खाण्डो गुरुङ र सचिवमा करण ताङ्वे गुरुङ ,लोघेकर गाउँपालिका अध्यक्षमा पासाङ गुरुङ र सचिवमा झेप्याङ तेन्जिङ गुरुङ तथा लोमाङथाङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र विष्ट र सचिवमा न्हिमा धुन्डुल गुरुङ चयन भएका छन् ।
यसैगरी म्याग्दीको बेनी नगरपालिकाको अध्यक्षमा राजकुमार थापा र सचिवमा वेदबहादुर केसीलाई जिम्मेवारी दिइएको छ । म्याग्दीकै मंगला गाउँपालिकाको अध्यक्षमा प्रेमप्रसाद रेग्मी र सचिवमा यामबहादुर रोका रहेका छन् । मालिका गाउँपालिकाको अध्यक्षमा लेखप्रसाद गर्बुजा र सचिव गोविन सिउथानी रहेका छन् । धौलागिरि गाउँपालिकाको अध्यक्षमा खुमनाथ सुवेदी र सचिवमा देउप्रसाद छन्त्याल चयन भएका छन् । रघुगंगा गाउँपालिका अध्यक्षमा प्रेमबहादुर कार्की र सचिवमा हरि भण्डारी रहेका छन् । अन्नपूर्ण गाउँपालिकामा खड्ग गिरि अध्यक्ष र पूर्ण पाइजा सचिव रहेका छन् ।
मनाङको नासाङ गाउँपालिकाको अध्यक्षमा धर्मजंग गृुरुङ र सचिवमा सिँहबहादुर गुरुङ चयन भएका छन् भने नार्पाभूमि गाउँपालिकाको अध्यक्ष र सचिवमा क्रमशः रिताराछिपेल लामा र साङ्गीधावा लामा चयन भएका छन् । मनाङ नेस्याङमा चाहिँ उदीप गुरुङ अध्यक्ष र छिरिङ गुरुङ सचिव चयन भएका छन् । चामे गाउँपालिको अध्यक्षमा चिनबहादुर घले र सचिवमा प्रेम श्रेष्ठ चयन भएको नेकपा गण्डकीले जनाएको छ ।
पवर्तको जलजला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा क्रमशः दीपक आचार्य र टुंगनाथ शर्मा पौडेल चयन भएका छन् । पैयुँ गाउँपालिका अध्यक्षमा चोकलाल न्यौपाने र सचिवमा रेशमलाल सापकोटा चयन भएका छन् । बिहादी गाउँपालिकामा सन्तबहादुर तमु अध्यक्ष र सेरबहादुर थापा सचिव चुनिएका छन् । मनासिला गाउँपालिकामा अध्यक्षमा विष्णुराम विक र सचिवमा दुर्गाबहादुर तमु चयन भएका छन् । मोदी गाउँपालिका अध्यक्षमा तेजेन्द्रबहादुर क्षेत्री र सचिव कृष्णबहादुर सुवेदी रहेका छन् । फलेवासमा पिताम्बर घिमिरे अध्यक्ष र शोभा क्षेत्री सचिव भएका छन् । कुश्मा नगरपालिकामा शंकर गिरि अध्यक्ष र ढाकाराम सुवेदी सचिव तोकिएका छन् ।
बागलुङको बागलुङ नगरपालिका अध्यक्षमा धनबहादुर परियार र सचिवमा ईन्द्र केसीलाई जिम्मेवारी दिइएको छ । काठेखोला गाउँपालिकामा अध्यक्ष र सचिव क्रमशः दिलबहादुर कार्की र कृष्ण थापा तोकिएका छन् । गलकोट नगरपालिका अध्यक्षमा ललित श्रीस र सचिवमा डम्मर श्रीस मनोनयनमा परेका छन् । ताराखोलामा दिवस खत्री अध्यक्ष र सचिवमा धनबहादुर बुढा रहेका छन् । बढीगाढमा अध्यक्ष गुणनिधी घिमिरे र सचिव बसन्त थापा तोकिएका छन् । ढोरपाटनमा अध्यक्ष र सचिवमा क्रमशः लक्ष्मण पुन र भीम गौतम रहेका छन् । निशीखोला गाउँपालिकामा अध्यक्ष कुविर बिक र सचिव रुद्र पौडेल रहेका छन् । तमानखोलामा नरेन्द्र छन्त्याल अध्यक्ष र लिलबहाुदर पुन सचिव भएका छन् । बरेङ गाउँपालिकामा प्रदीप थापा र प्रेम पौडेल क्रमशः अध्यक्ष र सचिव रहेका छन् । जैमिनी नगरपालिकाको अध्यक्षको जिम्मेवारी ईन्द्र थापालाई र सचिवको जिम्मेवारी झमन पाण्डेले पाएका छन् ।
लमजुङको दूधपोखरी गाउँपालिकामा शान्तिमाया तामाङ र धनबहादुर गुरुङ अध्यक्ष र सचिव तोकिएको छ । मस्र्याङदी गाउँपालिकामा धनसिँह तामाङ र दयासागर घिमिरेले अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छन् । दोर्दीमा अध्यक्ष युवराज अधिकारी र सचिवमा अम्बिका मरहट्टा रहेका छन् । क्हेँलासोधरमा नारायणबहादुर गुरुङ र सूर्यप्रसाद गुरुङ अध्यक्ष र सचिव रहेका छन् । सुन्दरबजार नगरपालिकाको अध्यक्षमा भीमबहादुर गुरुङ र सचिवमा सुनिल सुनार रहेका छन् । राइनास नगरपालिकाको अध्यक्षमा अविरल न्यौपाने र सचिवमा पूर्णबहादुर गुरुङ चयन भएका छन् । मध्य नेपाल नगरपालिकाको अध्यक्ष र सचिवमा क्रमशः रामचन्द्र पौडेल र अर्जुनकुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । बेसिसहर नगरपालिकामा राजकुमार विष्ट अध्यक्ष र शोभा थापा सचिव रहेका छन् । अन्य जिल्लाहरुमा भने कमिटी गठन हुने क्रम जारी रहेको उनको भनाई छ । स्रोतका अनुसार आंकाक्षीहरु धेरै भएको र बिवादका कारण ती जिल्लाहरुमा कमिटी गठनमा ढिलाई भएको हो ।





