मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बेनीमा र गलकोटमा भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ यन्त्र जडान

बेनीमा र गलकोटमा भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ यन्त्र जडान


  • ध्रुबसागर शर्मा
  • बैशाख १७ २०७६, मंगलबार

म्याग्दी, १७ बैशाख – म्याग्दीको सदरमुकाम बेनीसंगै सीमाना जोडिएको पर्वन बेनीमा अवस्थित न्यू होराइजन आवासीय माविमा भुकम्पकको जानकारीदिने ‘सिस्मोमिटर’ यन्त्र जडान गरिएको छ ।स्वीट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ विद्यालयमा भूकम्प मापनयन्त्र जडान गर्ने अभियान अन्तर्गत उक्त यन्त्र जडान गरिएको हो । यन्त्र जडान गरेपछि नेपालदेखि विदेशसम्म जाने गरेका एक म्याग्नीच्युडभन्दामाथिका सबै भूकम्पको मापन तथा रेकर्ड रहनेछ ।  पश्चिम म्याग्दीको दरबाङमा अवस्थित जनप्रिय मावि, मुस्ताङको जनहित मावि जोमसोम, पारीबेनीकोे न्यू होराइजन आवासीय मावि, पर्वतको ग्रामप्रकाश मावि लेकफाँट, गुरूकुल एकेडेमी कुस्मा,  एकता आवासीय मावि गलकोट बागलुङमा उक्त यन्त्र जडान गरिने नेपाली वैज्ञानिक सुवेदीले जानकारी दिए। उनका नुसार मुस्ताङ र म्याग्दीको दुईवटा विद्यालय जडान गर्न बाँकी छ ।  एउटा यन्त्र जडानका लागि एक लाख रुपैयाँ पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->