मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

नेपाली समाजले प्रविधिमा छोटो समयमा नै फड्को मारेको छ : प्रम

नेपाली समाजले प्रविधिमा छोटो समयमा नै फड्को मारेको छ : प्रम

“प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।”


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०७६, बिहिबार

काठमडौं,१९ बैशाख- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजले सुचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताएका छन।
राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवशको विहिवार उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउंदै अहिले यो अत्यावश्यक वश्तु भइसकेको बताए। “केही बर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपालीहरु अनौठो मान्थे तर अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो ” प्रधानमन्त्री ओलीले भने “मोबाइलसँग जोडिएको प्रविधि हाम्रो अभिन्न अंग भइसक्यो । यो डिजिटल नेपाल तर्फको यात्रा हो ।”
प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताए “प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भने “प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।”
वर्तमान समयमा प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यमको रुपमा प्रयोग भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “सामाजिक सञ्जाल र सुचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो ” प्रधानमन्त्री ओलीले भने यस्तो प्रवृतिलाई निस्तेज पार्दै लैजानु पर्दछ ।”
प्रविधिको प्रयोग मार्फत समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सहज बन्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->