शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

टुंगियो जनवर्गीय संगठन एकता

टुंगियो जनवर्गीय संगठन एकता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०७६, बिहिबार

काठमाडौं,२ जेठ -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुंग्याएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अनेरास्ववियूको संयोजकमा पूर्व एमालेबाट ऐन महर, सहसंयोजकमा पूर्व माओवादीबाट रञ्जित तामाङ वा सुरेन्द्र बस्नेत (तामाङले नमानेमा), युवाको संयोजकमा पूर्व माओवादीबाट रामप्रसाद सापकोटा दीपशीखा र सहसंयोजकमा पूर्व एमालेबाट रमेश पौडेल वा किरण (रमेशले नमानेमा), महिलाको संयोजकमा पूर्वमाओवादीबाट अमृता थापामगर र सहसंयोजकमा पूर्व एमालेबाट सीता पौडेलको टुंगो लागेको छ ।

त्यस्तै पत्रकारको संयोजकमा पूर्व माओवादीबाट महेश्वर दाहाल र सहसंयोजकमा पूर्व एमालेबाट गणेश बस्नेत, वुद्धिजीवीको संयोजकमा पूर्व एमालेबाट डा दिनेशचन्द्र देवकोटा र सहसंयोजकमा पूर्व माओवादीबाट कृष्ण केसी र मजदुरको संयोजकमा पूर्व एमालेबाट विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिंखडा चयन भएका छन् ।

बैठकले गरेका निर्णय भोली सार्वजनिक गर्ने तयारी गरिएको छ । अन्यको नाम सार्वजनिक हुन बाँकी छ ।

अनेरास्ववियूको अध्यक्ष– ऐन महर
वाईसीएलको अध्यक्ष– दीपशीखा
महिलाको अध्यक्ष– अमृता थापामगर
पत्रकारको अध्यक्ष– महेश्वर दाहाल
बुद्धिजीवीको अध्यक्ष– डा. दिनेशचन्द्र देवकोटा
मजदूरको अध्यक्ष– विनोद श्रेष्ठ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->