शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

जागरण अभियानले कार्यकर्तामा उत्साह

जागरण अभियानले कार्यकर्तामा उत्साह


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०७६, मंगलबार

पोखरा, २८ जेठ – नेपाली काग्रेस केन्द्रिय सदस्य अर्जुन जोशिले ओली सरकार दुई तिहाईको बलमा संविधान र कानून भन्दा माथि उठेको आरोप लगाएका छन् ।
उनले एक दलिय अधिनायकवाद तर्फ उन्मुख हुन सरकारले प्रेसलाई अंकुश लगाउन खोजेको आरोप समेत लगाए । उनि नेपाल प्रेस युनियन कास्कीले सोमवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थिए ।
राष्ट्रिय जागरण अभियानका प्रतिनिधि समेत रहेका जोसीले सरकार भ्रष्टचारमा लिप्त रहेका कारण जनताका आकांक्षा पुरा गर्न नसक्ने दावी गरे ।
‘सरकार भ्रष्टचारलाई संस्थागत गर्न लिप्त छ ,यो सरकारले जनताका आकांक्षा पुरा गर्न सक्दैन ।’ उनले भने ‘सरकारले कांग्रेसका नेतालाई दोषी देखाएर भ्रष्टचारीलाई संरक्षण गरेको छ ।’
नेपाली कांग्रेसले सम्पन्न गरेको पहिलो चरणको राष्ट्रिय जागरण अभियानले कास्कीका कार्यकताहरु उत्साहित बनेका दावी गरे । वैशाख २५ गतेबाट सुरु भएको १ महिने जागरण अभियानले कार्यकतामा थप हौसला बढेका उनले बताए। निर्वाचनपछि जनतासंग संवाद टुटेका बेला जागरण अभियानले कार्यकतालाई जनता माझ जान सहज भएको बताए ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसिले जागरण अभियानले ४० हजार कार्यकता माझ पार्टी संगठनलाई सदृढीकरण महत्वपूर्ण भूमिका खेलेको बताए । अभियानका क्रममा कास्कीका ७२ ईकाइमा ४ सय प्रतिनिधिहरुले पार्टीलाई मजबुत बनाउनका लागि सुझाव संकलन गरेको नेता केसीले जानकारी दिए । अभियानको क्रममा संकलित सुझावलाई केन्द्रमा पठाइने केसीले बताए ।
कार्यक्रम प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलको अध्यक्षता, उपाध्यक्ष प्रकासचन्द्र सापकोटाले स्वागत र सचिव प्रदिप पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->