शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ताराखोला गाउँपालिकाले ल्यायो पहिलो नीति तथा कार्यक्रम

ताराखोला गाउँपालिकाले ल्यायो पहिलो नीति तथा कार्यक्रम


  • Dhorpatan News
  • असार ३ २०७६, मंगलबार

बागलुङ, ३ असार – आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि बागलुङको ताराखोला   नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘कृषि, वन, खनिज र पर्यटन उद्यमशिलताका लागि सबल पूर्वाधार, समृद्ध समन्यायिक ताराखोला निर्माणको मुल आधार’ भन्ने अभिायन स्वरुप नीति तथा कार्यक्रम ल्याइएको हो । गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले सोमबार पाँचौ गाउँसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जिल्लाका १० पालिका मध्ये ताराखोलाले पहिलो पटक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नीतिमा कृषि, पशुपालन, रोजगार र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ । नीतिमा समृद्ध र आत्मनिर्भर गाउँपालिका बनाउने लक्ष राखिएको छ । गाउँपालिका भित्र पाईने जडिबुटी संरक्षणका लागि कार्यक्रम बनाउने नीतिमा उल्लेख छ । कृषि र जडिबुटीको बजारीकरणका लागि काम थालिने, खनिजहरुको अध्ययन गरेर संचालनमा ल्याउने योजना पनि समावेश छ ।

पर्यटकीय गन्तव्यहरुको खोजी गरिरहेको ताराखोलाले २०७७ लाई ताराखोला भ्रमण बर्ष मनाउने योजना पनि ल्याएको छ । त्यसका लागि पूर्वाधारहरु धमाधम निर्माण गर्ने, व्यवस्थित बनाउने, प्रशासनिक, नीति गत तथा कानूनी सुधार गरी संस्थागत क्षमता बिकास गर्ने र प्रतिस्पर्धी नागरिक तयार गर्ने नीति पनि लिइएको छ । भ्रमण बर्ष मनाउनका लागि पर्यटकीय गन्तव्यमा प्राकृतिक क्षेत्र मात्र नभई ताराखोलाका मौलिक कला र संस्कृति, हस्तकला, स्थानीयको मेहेनत र उद्यमशिलतालाई पनि संस्थागत रुपमा बिकास गर्ने नीतिमा उल्लेख छ । होमस्टे संचालन गरेर पर्यटकलाई बसाल्ने योजना पनि ताराखोलाको छ । ताराखोलामै सांस्कृतिक संग्राहलय बनाउने, बहुउद्धेश्यीय सभाहल, औद्योगिक ग्राम स्थापना तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण मार्फत ठूला व्यवसायिक फर्म संचालन गर्ने महत्वकांक्षी योजना पनि आगडि सारिएको छ । पूर्ण सरसफाई युक्त गाउँपालिका बनाउने, शिक्षा योजना कार्यान्वयन गर्ने र बिद्यार्थी संख्या कम भएका बिद्यालय गाभ्ने नीति पनि बनेको छ । साथै शैक्षिक गुणस्तर बिकासका लागि नमूना बिद्यालय योजना पन िसंचालन गर्ने भनिएको छ । त्यस्ता नमूना बिद्यालयलाई आवासीय रुपमा संचालनको परीक्षक्ष गरिनेछ । स्वास्थ्यको अधिकार नागरिक तहसम्म अनुभूति दिलाउन निशुल्क आधारभूत स्वास्थ्यको कार्यक्रम ल्याउने नीतिमा उल्लेख छ । बेलाबेलामा स्वास्थ्य शिविर संचालन गर्ने, स्वास्थ्य संस्थामा प¥र्याप्त औषधि र दक्ष जनशक्तिको व्यवस्थापन गर्ने समेत नीतिमा उल्लेख छ ।

ताराखोला गाउँपालिकाले यस अघि पनि सहिद मार्ग बिस्तार सहित चक्रपथको अवधारणा अगाडि सारिसकेको छ । त्यस्तै स्थानीय उत्पादनलाई प्राथमिकता दिने योजना अनुसार ढुंगाखानी संचालन र विक्रीको प्रबन्ध गराएको छ । कतिपय उद्यमीले खानी दर्ता गरेर संचालन गर्न सकेका थिएनन् । खानी बिभागमा दर्ता गर्नु पर्ने भएकोले झण्झट हुँदा ती व्यवसायी निरास थिए । ताराखोलामा अलैची र आलुको जोन बनाउने अभिायन छ । कृषि ज्ञान केन्द्र मार्फत यो अभियान संचालनमा आइरहेको छ । गाउँपालिकाले पनि यो अभियानमा साथ दिने भन्दै किसानलाई अनुदान, भण्डारन गृह निर्माण तथा कृषि प्रविधि हस्तान्तरण अभियानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा सहकार्य गरेको घर्तीले बताए । ताराखोला गाउँपालिकालेनै घरघरमा उद्यमी उत्पादन गर्ने भन्दै युवाहरुलाई व्यवसायिक तालिम पनि दिएको छ । त्यस्ता तालिम पाएकाहरुले धमाधम काम पनि थालेका छन् । स्थानीय श्रोत साधनकै उत्पादन बढाउने भन्ने अभिायान बोकेको ताराखोलाको नीति तथा कार्यक्रम कार्यान्वयन गरेर अगाडि बढ्ने घर्तीले प्रतिवद्धता जनाएका छन् । संघिय सरकारबाट आउने सिमित बजेट र भौगोलिक कठिनाई नीति कार्यक्रम र योजनाहरुको कार्यान्वयनको मुख्य चुनौती भएको घर्तीले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->