शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सरकारद्वारा गुठी विधेयक फिर्ता लिएको घोषणा

सरकारद्वारा गुठी विधेयक फिर्ता लिएको घोषणा

'सरोकारवालासँग थप परामर्श र छलफल आवश्यक भएकोले विधेयक फिर्ता लिने निर्णय गरिएको छ।'


  • ढोरपाटन संवाददाता
  • असार ३ २०७६, मंगलबार

काठमाडौं, ३ असार – सरकारले राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको छ। भूमिसुधार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन्। । ‘विधेयकका विषयमा भ्रम सिर्जना गर्ने काम भयो। यसैका आधारमा उत्तेजना बढाउने काम भयो’, मन्त्री अर्यालले भनिन्, ‘सरोकारवालासँग थप परामर्श र छलफल आवश्यक भएकोले विधेयक फिर्ता लिने निर्णय गरिएको छ।’ मन्त्री अर्यालले प्रतिनिधिसभामा दर्ता भएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ फिर्ता लिने जानकारी दिएकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->