बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

असार २१ गते पोखरामा ‘धुनहरुमा तारादेवी र अरुणा लामा’

असार २१ गते पोखरामा ‘धुनहरुमा तारादेवी र अरुणा लामा’


  • ढोरपाटन संवाददाता
  • असार १० २०७६, मंगलबार

पोखरा, १० असार – पोखराका गायिकाहरुको संस्था ‘हार्मोनी ः द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’को आयोजनामा असार २१ गते पोखरामा विशेष साँगीतिक कार्यक्रम हुने भएको छ । दिवंगत गायिकाद्वय अरुणा लामा र तारादेवीलाई ‘ट्रिब्युट’ गर्दै यो कार्यक्रमको आयोजना हुन लागेको आयोजकले बताएको छ ।

‘टेस्ट अफ हार्मोनी, धुनहरुमा तारादेवी र अरुणा लामा’ शीर्षकमा यो साँगीतिक कार्यक्रम हुँदैछ । साँगीतिक कार्यक्रममा अरुणा लामा र तारादेवीका चर्चित कालजयी गीतहरु प्रस्तुत गरिने संस्थाकी अध्यक्ष ईतु जोजिजुले बताईन् । ‘हामीले नेपाली साँगीतिक क्षेत्रका दुई नक्षत्रलाई समर्पण गर्दै यो कार्यक्रमको डिजाइन गरेका छौँ । र, यो धेरै दर्शक अनि स्रोताहरुका लागि विशेष हुने हामीले विश्वास लिएका छौँ ।’ जोजिजुले भनिन् ।

साँगीतिक कार्यक्रममा संस्थामा रहेका सम्पूर्ण गायिकाहरुले आ–आफ्नो प्रस्तुती दिनेछन् । ईतु जोजिजु, कौशल्या गुरुङ, शितल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन, रजनी रिदम राई, ममता गुरुङ, लक्ष्मी गिरी, स्नेहा गुरुङ, सबिना सुनाम, रुमा तुप्रिहाङ थापा, एलिना गुरुङ लगाएतका गायिकाहरुले कार्यक्रममा प्रस्तुती दिने आयोजकले बताएको छ । त्यस्तै सहयोगी कलाकारहरुको रुपमा कर्ण दास, रामभक्त जोजिजु, बिनोद बानियाँ र ज्ञान थापाको पनि विशेष प्रस्तुती रहनेछ ।

खासगरि साँगीतिक क्षेत्रमा महिलाहरुको पनि बलियो उपस्थिती जनाउनका लागि यो संस्था गठन भएको थियो । र, संस्था गठन भएसँगै यसले विभिन्न कार्यक्रमहरु समेत गरिसकेको छ । संस्थाले गर्न लागेको यो कार्यक्रम तेस्रो हो । यसअगाडि ‘लेजेन्डरी हार्मोनियस इभिनिङ’ र ‘टेस्ट अफ हार्मोनी’ नाममा संस्थाले कार्यक्रम सफल बनाईसकेको छ ।

यसैबीच यही कार्यक्रममा संस्थाले ३ जना गायिकाहरुलाई सम्मान गर्ने भएको छ । दार्जिलिङकी गायिका दावा ग्याल्मो, गायक कर्ण दासकी आमा तथा कलाकार रत्न दाशलाई साँगीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिने र उदीयमान गायिका जोनिशा पौडेललाई प्रोत्साहन स्वरुप सम्मान गरिने संस्थाले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->