शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद दीपक मनाङे नेकपा प्रवेश गर्दै

गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद दीपक मनाङे नेकपा प्रवेश गर्दै


  • ढोरपाटन संवाददाता
  • असार १८ २०७६, बुधबार

पोखरा,१८ असार –  दीपक मनाङेका नामले चर्चित गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रवेश गर्ने भएका छन् । उनका स्वकीय सचिव जगदीश नाथ योगीले यसको पुष्टि गरेका छन् ।
मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले बिहीबार पार्टी प्रवेश गराउने कार्यक्रम छ । मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवार मनाङेलाई प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेले साथ दिएको थियो ।
त्यसो त मनाङे साविकको एमालेबाट नै उम्मेदवार बन्न खोजेका थिए । तर, त्यतिबेला चर्को विरोध भएपछि मनाङेले स्वतन्त्रमा उम्मेदवारी दिए । एमालेले आफूले उठाएको उम्मेदवार खण्डा लामा गुरुङलाई उठायो । स्वतन्त्र उम्मेदवारी दिए पनि खण्डालाई फिर्ता गराएर मनाङेलाई नै आधिकारीक उम्मेदवार बनाउने एमालेको तयारी थियो । नातामा दिदीभाई पर्ने खण्डाले अन्तिम समयमा उम्मेदवारी फिर्ता दिएपछि एमाले पंक्तिले नै मनाङेलाई समर्थन गरेको थियो । निर्वाचनमा मनाङेले ३ सय ९० मतले उनका प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङलाई पछि पार्दै विजयी भएका थिए। उक्त चुनावमा मनाङेले १ हजार ४ सय १० मत प्राप्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->