पोखरा,१९ असार – मनाङ ‘ख’ बाट निर्वा्चित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपामा प्रवेश गरेका छन्। गुरुङलाई बिहिवार गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा गण्डकीका इन्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टीमा स्वागत गरेका हुन्। गुरुङलाई टिका खादा लगाएर नेकपाको विधान र निर्दे्शिका हस्तान्तरण गरेर इन्चार्ज गुरुङले पार्टी प्रवेश गराएका थिए । गुरुङसँगै विप्लव समूहका कास्की सचिवालय सदस्य तथा माछापुच्छ्रे गाउँपालिकाका इन्चार्ज पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन ।
गुरुङको प्रवेश संगै गण्डकी प्रदेश सरकारमा नेकपाको दुई तिहाई सिट पुगेको छ । हाल प्रदेशसभामा नेकपाका ३९, कांग्रेस १५, राष्ट्रिय जनमोर्चा २ (एकजनाको निधन भएको), समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ जना थिए । गुरुङ प्रवेश गरेपछि नेकपाका ४० जना सांसद पुगेका हुन ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा नेकपा गण्डकीका इन्चार्ज पृथ्वी सुब्बा गुरुङले सबैधानिक र राजनीतिक हिसावले सवै कुरा प्राप्त गरेको अवस्थामा दायाँ बायाँ बरालिनुको औचित्य समाप्त भएको वताए । ६७ वर्ष लामो संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संबिधान निर्माण भएको अवस्थामा बैकल्पिक राजनीतिक प्रणालीको खोजीमा भौतारिन आवश्यक नरहेको उनले बताए । मुख्यमन्त्री गुरुङले नेत्रबिक्रम चन्द विप्लवप्रति लक्षित गर्दै भने ‘अहिलेको यो जनताले ल्याएको ब्यबस्था बेठीक हो भने कहाँ जान खोज्या ?,यसको विकल्प कुन ब्यबस्थामा छ ?’
समावेशी लोकतन्त्र ,सामाजिक न्यायमा आधारित लोकतन्त्रको विकल्प नरहेको भन्दै विप्लब गलत बाटोमा लागेको उनले वताए । ‘नेपाल जस्तो विभिधताका कारणले उब्जियको द्वन्दको समाधान संघीय संरचना बाहेक अरु विकल्पनै छैन ,उहाँले कस्तो विकल्प खोज्नु भएको हो , पक्कैपनि पछि तीर फर्कन खोज्नु भएको होइन होला ।’ गुरुङले भने ।
संसदीय प्रणाली हुदैमा कम्युनिस्ट विरोधी नहुने भन्दै विप्लव समूह सच्चिनुपर्ने मा उनले जोड दिए । ‘जनताको जनवादी ब्यबस्था ,समाजबादलाई बालियो बनाउने काम गरेको ससदीय प्रणालीको बिरोध गर्ने विप्लवको विकल्प कस्तो बैज्ञानिक ब्यबस्था हो भन्न सक्नु पर्छ ’
विकल्प दिन नसक्ने र आफ्नो कुण्ठाका आधारमा आतंक फैलाउने ,गोला बारूद गर्ने काम नगर्न उनले विप्लव समूहलाई आग्रह गरे । शान्तिपूर्ण आन्दोलनबाट अग्रगमन को बाटोमा अघि बढन,सभ्य र समुन्नत मुलुक निर्माण गर्नको लागि नेपाल कम्युनिस्ट पार्टी नेकपा वाहेक अन्य विकल्प नभएको उनले दावी गरे । समृद्द नेपाल र सुखी नेपालीको सपना पूरा गर्नको लागि बाटो बिराएका हरु नेकपामा गोलबद्द हुन जरुरी रहेको उनले वताए ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य पाल्देन छोपाङ गुरुङ ,नवप्रवेसी पुष्प कार्कीले मन्तब्य राखेका थिए । कार्यक्रम नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षता तथा प्रदेश कमिटिका सचिव गोबिन्द नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।





