तनहुँ,३साउन- गण्डकी प्रदेश मातहतको सडक डिभिजन कार्यालय तनहुँका कम्प्युटर अपरेटर प्रकाश पौडेल १ लाख ७५ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् । उनीसँगै वाइल्ट स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही पनि पक्राउ परेका छन् । शाहीलाई कम्प्युटर अपरेटर पौडेलसँग मिलेर बिचौलियाको भूमिका खेलेको आरोप छ । बिहीबार अख्तियार पोखराको टोलीले उनीहरुलाई रंगेहात समातेको हो । अख्तियार पोखराका प्रवक्ता मेघनाथ रिजालले मिलेमतो भएको हुनसक्ने र थप अनुसन्धान गरिरहेको बताए । सडकको भुक्तानी दिने क्रममा मिलेमतो गरेको अख्तियारको प्रारम्भिक अनुमान छ ।





