शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पुनः सक्रिय हुँदै मनसुन

पुनः सक्रिय हुँदै मनसुन


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७६, शनिबार

काठमाडौं, ४ साउन –  मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले आज (शनिबार) देखि मनसुनी गतिविधि बढ्दै गएको बताएका छन्।मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पूर्वदेखि पश्चिमसम्मै धेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि पानी पर्न थालेको छ।‘आज पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ,’ मौसमविद् कँडेलले नेपालखबरसँग भनिन्, ‘विशेष गरी पहाडी क्षेत्रमा बाढीपहिरोको पनि जोखिम देखिन्छ।’उनका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिन थालेकाले नेपालमा मौसम बदली र पानी पर्ने क्रम बढेको हो।‘मनसुन न्यून चापीय रेखा हाल नेपालको दक्षिणतिर(भारत) रहे पनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण वर्षाको सम्भावना बढेको हो,’ उनले भनिन्।महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा केही दिनअघि नेपालबाट दक्षिण सरेर भारतमा रहेकाले मनसुनी गतिविधि कम सक्रिय अवस्थामा छ।तर त्याे रेखा १/२ दिनपछि पुन: नेपाल भित्रिने सम्भावना रहेकाे माैसमविद् कँडेलकाे अनुमान छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ जसका कारण ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ। -माैमम पूर्वानुमान महाशाखा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->