शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

विप्लव नेता तथा जनबादी कलाकार माईला लामा पक्राउ

विप्लव नेता तथा जनबादी कलाकार माईला लामा पक्राउ


  • Dhorpatan News
  • साउन ५ २०७६, आइतबार

काठमाण्डौं,५ साउन – नेपाल प्रहरीले मध्यरातमा विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माईला लामालाई पक्राउ गरेको छ।उनीसँगै नेकपाका अर्का कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेका छन्।नेपाल अपराध अनुसन्धान महाशाखाको टोलीले लामालाई विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट रातको साढे १२ बजे पक्राउ गरेको महाशाखा प्रमूख एसएसपी सहकुल बहादुर थापाले बताए। काठमाण्डौँ लगायत ठाउँमा बम विष्फोटको घटनामा निर्देशन दिन लामाको भूमिका रहेको प्रहरीको दावी छ।राजधानीको विभिन्न ठाउँमा बम विष्फोटको घटना भएपछि प्रहरीले उनको खोजी तीब्र पारेको थियो। काठमाण्डौं सितापाइलाका लामा तत्कालीन माओवादी फुटेपछि वैद्य नेतृत्वको माओवादी हुँदै विप्लव पक्षमा लागेका थिए। उनी २०६४ को संविधानसभा चुनावमा काठमाण्डौ बाट उमेद्वार पनि भएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->