बागलुङ, ५ साउन – जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर १ मनाङडाँडामा बाबुले चलाएको जिपले किच्दा छोराको ज्यान गएको छ । बाबू सशीलाल थापाले ग १ ज ७१८१ नम्बरको जिपलाई पार्किङ गर्ने क्रममा किच्दा ७ बर्षिय छोरा सलिन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङ बजारबाट यात्रु लगेर घर पुगेपछि जिपलाई पार्किङ गरेर राख्ने क्रममा घटना भएको प्रहरी नायब उपरीक्षक झपिन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।





