काठमाडौं,५ साउन -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ ओटै जिल्ला र ६ ओटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । आइतवार अपराह्ण सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार बैठकले ७७ ओटा जिल्ला कमिटी र जिल्ला कमिटी सरहकै ६ ओटा महानगरपालिकामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको हो ।
बैठकले बिभाग, केन्द्रीय निकायको बिषयमा भने पर्सि बस्ने सचिवालय बैठकबाट निर्णय लिने सहमति गरेको छ । ‘पर्सि पार्टी कार्यालय धुम्बाराहीमा अर्काे बैठक बसेर बाँकी निर्णय लिइने छ,’ प्रवक्ता श्रेष्ठले भने । यसअघि आज साँगठानिक एकताको सवै काम टुंग्याउने घोषणा नेकपाले गरेको थियो । तर पसिएसम्म सारिएको छ । तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको १४ महिनापछि नेकपाले आज एकताको बाँकी काम टुंगो लगाउने घोषणासहित बैठक बोलाएको थियो । नेकपामा लामो समयसम्म सहमति जुटन नसक्द्या केन्द्रीय सदस्यको कार्य्बिभाजन, जिल्ला इञ्चार्ज, सहइञ्चार्जको टुंगो लाग्न सकेको थिएन । आज भने इञ्चार्जको टुंगो लागेको हो ।
गत जेठ ३ गते नै जनसंगठनको संयोजक–सहसंयोजकसहित केन्द्रीय समितिको आकार र नाम तय भएपनि अहिलेम्सम्म अन्तर पार्टी निर्देशन नआउँदा बामदेव गौतम संयोजक रहेको किसान महासंघबाहेक अन्य संगठनको काम अघि बढेको छैन । लामो समयसम्म एकताले पुर्णता नपाउँदा नेता कार्यकर्ता नै निराश बनेपछि अन्तिम टुंगो लगाउने गरी अध्यक्षद्ववय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले सहमति गरी आजको बैठक बोलाएका थिए । आजको बैठकमा यही एजेण्डा राखिएको थियो ।
बैठक अघि सचिवालयमा रहेका पूर्वएमाले र पूर्वमाओवादी नेताहरुको छुट्टाछुट्टै बैठक बसेका थिए ।अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच कार्य बिभाजनमा सहमति भएसँगै दुवै पूर्वपार्टीका नेताहरु आफ्नो भागमा परेको बिभागको नेतृत्वदेखि केन्द्रीय सदस्यको कार्य बिभाजनसम्म टुंगो लगाउने गृहकार्यमा जुटेका हुन । बैठकअघि पूर्वएमाले नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेर सहमति जुटाएको छ भने पूर्वमाओवादी नेताहरुको बैठक प्रचण्ड निवास खुमलटारमा बसेको छ । नेकपाको सचिवालयमा पूर्वएमालेका ६ र पूर्वमाओवादीका तीन नेता छन ।
नेकपामा अहिलेसम्म जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदको निर्णय हुन बाँकी छ । नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा लिने सहमति भइसकेको छ । बरिष्ठ नेता झलनाथ खनालले निती प्रतिष्ठानको नेतृत्व पाएका हुन । पर्सिको बैठकबाट एकता टुंगो लाग्नेछ ।










