गलकोट,७ साउन – गतरातिदेखी निरन्तर रुपमा परेको अबिरल बर्षा सगैंको पहिरोको कारण गलकोट नगरपालिका बडा नम्बर ८ ज्यामिरेमा पुरीएर एक जनाको ज्यान गएको छ । गलकोट नगरपालिका वडा नम्बर ८ ज्यामिरे मा मंगलबार बिहान घर तथा गोठ माथिबाट पहिरो झरेपछि गोठ भित्र काम गदैं गरेकी १७ बर्षकी सिता गौतमको पुरीएर ज्यान गएको हो ।स्थानिय पिताम्बर गौतमको घर तथा गोठ माथिबाट बिहान करिब साढे ५ बजेको समयमा पहिरो गएको थियो । अन्य परिबारका सदस्य भने घरमा रहेकोले सुरक्षित रहेको गलकोट नगरपालिका वडानम्बर ८ का वडा सदस्य पुर्ण बहादुर बिकले जनाकारि दिए। पहिरोमा पुरीएकी गौतमकोे करिब १ घण्टा पछि पहिरोबाट शब निकालीएको बिकले बताए। अहिले पनि गलकोटमा भारि बर्षा भैरहेको छ । स्थानियबासि जनप्रतिनिधी लगाएतले उद्धारमा खटिएका छन् । गोठदेखी करिब २० मिटर माथिबाट झरेको पहिरोले गोठमा रहेको एउटा लैनो भैसि एउटा पाडो र २ ओटा बाख्रा पुरीएका छन् । अहिले घटना स्थलमा प्रहरी जनप्रतिनिधी राजनैतिक दलका प्रतिनिधी तथा स्थायिबासि सहभागि रहेको स्थानिय ढालेन्द्रप्रसाद गौतमले जानकारि दिए । निरन्तर भारि बर्षा भरहेको हुदा घर समेत उच्च जोखिममा रहेको छ । गौतम शिब माध्यमिक बिद्यालय राजबगरमा कक्षा १२ मा अध्ययनरत थिइन । थप बिबरण आउन बाकीँ छ।





