शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अवको लक्ष्य जनताको जनबाद सुदृढ गर्नु‐मुख्यमन्त्री गुरुङ

अवको लक्ष्य जनताको जनबाद सुदृढ गर्नु‐मुख्यमन्त्री गुरुङ


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०७६, मंगलबार

पोखरा,७ साउन-  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कम्यूनिष्ट क्रान्तिको तत्कालिक लक्ष्य समाजबाद उन्मुख जनताको जनबाद सुदृढ गर्नु रहेको बताएका छन । पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज समेत रहेका गुरुङले समाजबाद उन्मुख जनताको जनबादको लागि राष्ट्रिय पुंजी विकास गर्नुपर्ने र यसले देशलाई आत्मनिर्भर र स्वाधिन राष्ट्रको रुपमा स्थापित गर्ने दावी गरे । ४१ औ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रममा सहभागी हुदै मुख्यमन्त्री गुरुङले जनताको जनबाद र राष्ट्रिय पुंजीको विकास गरेर मात्र समादवादको लक्ष्य पुरा हुनसक्ने जिकिर गरे । ‘हाम्रो तात्कालिक लक्ष्य समाजवाद उन्मुख जनताको जनवादी व्यवास्थाको सुदृढीकरण र प्रगतिशील शक्ति उत्पादकको विकास कसरी गर्ने भन्ने नै हो’ उनले भने ‘ र यी दुई काम गर्द गर्दै समाजवादको तयारी कसरी गर्ने भन्ने अहिलेको हाम्रो कार्यदिशा हो ।’ सामन्तवाद अन्त्य भए पनि यसको केही अवशेष बा“की रहेकोले यसलाई समाप्त गर्ने चरणमा आफुहरु रहेको समेत मन्त्री गुरुङले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->