शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विद्यार्थी संगठनले संयुक्त संघर्ष गर्ने

विद्यार्थी संगठनले संयुक्त संघर्ष गर्ने


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०७६, बुधबार

बागलुङ, ८ साउन – जिल्लामा शिक्षा क्षेत्रकोे विकृति विसंगति अन्त्य गर्न यहाँ कृयाशिल विद्यार्थी संगठनहरू संयुक्त संघर्ष थालेका छन् । नेपाल विद्यार्थी संघका श्रीकृष्ण पौडेल, अनेरास्ववियूका नेता झलक खड्का र अखिल क्रान्तिकारीका जीवन शर्माले जिल्लाका कतिपय विद्यालयमा शिक्षा ऐन विपरित काम भइरहेको भन्दै यसको अन्त्यका लागि संयुक्त संघर्ष गर्ने चेतावनी दिए । उनीहरुले धौलागिरी संचार क्लवले आयोजनाका गरेको साक्षत्कारमा बोल्दै पछिल्लो समय सबैभन्दा बढी हेलमेटे शिक्षकहरूको जगजगी रहेका बताउँदै एक जना शिक्षकले ३ देखि ४ ठाउँमा अध्यापन गराउँदा विद्यार्थी र विद्यालय दुबैलाई हानी भएको बताए ।

शिक्षा मन्त्रालयले माध्यमिक तहमा बिहान १० बजेदेखि ४ बजेसम्म पढाई सञ्चालन गर्न निर्देशन दिए पनि बागलुङका अधिकांश विद्यालयहरुमा बिहानमा पढाई संचालन नगरेको भन्दै उनीहरुले शिक्षकहरुको स्वार्थका कारण विद्यालयहरुलाई विहानमा कक्षा सञ्चालन गर्न बाध्य पारेको दावी गरे । मन्त्रालयको निर्देशन विद्यालय तथा विद्यार्थीको हितमा रहेको भन्दै कार्यान्वयनका लागि उनीहरुले आग्रह समेत गरे । विद्यार्थी आन्दोलन अब समाजमा हुने शैक्षिक विकृति विसंगती विरूद्ध हुने बताउँदै जतिसुकै दवाब र प्रभाव आए पनि आफूहरु पछि नहट्ने उनीहरुले जिकिर गरे । बागलुङका धेरै निजी तथा सामुदायिक विद्यालयले नियम उलङ्घन गरी बिहानमा ११ र १२ को कक्षा संचालन गर्दै आएका छन् । शिक्षकहरुले बिहान र दिउसोमा गरी दोहोरा तलव लिने गरेको विद्यार्थी नेताहरुको आरोप छ ।

‘बिहानभरी पढाएको शिक्षकले कसरी दिउँसो पढाउन सक्छ ?’, विद्यार्थी नेता जीवन शर्माले प्रश्न गरे ‘खानेवाटो मात्रै गर्ने शिक्षकलाई कारवाही भनेकै दिउसोमा कक्षा सञ्चालन गर्नु हो ।’ अनेरास्ववियू बागलुङका नेता झलक खड्काले एउटै शिक्षकले शिक्षा नियावलीको उलङ्घन गरी धेरै विद्यालयमा पठनपाठन गराउने गरेको बताए । नेविसंघका नेता श्रीकृष्ण पौडेलले शिक्षकको यस्तो प्रवृत्तिका कारण शिक्षित युवाहरु विदेश पलाएन हुन परेको बताए । कार्यक्रम संचार क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, सचिव प्रदिप पन्तको स्वाग र कोषाध्यक्ष कोपिला कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->