शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रवीन्द्र अधिकारीको नाममा ६० हजार राशिको पुरस्कार

रवीन्द्र अधिकारीको नाममा ६० हजार राशिको पुरस्कार


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०७६, बिहिबार
This undate image shows Minister for Culture, Tourism and Civil Aviation Rabindra Adhikari. Photo: Balkrishna Thapa Chhetri/ THT

काठमाडौं,९ साउन – स्व. संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पुरस्कार स्थापना गरेको छ । ६० हजार रुपैयाँ राशि रहेको सो पुरस्कार वार्षिक वार्षिक साधारणसभामा वितरण गरिनेछ । गत फागुन १५ मा मन्त्री अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उनको सम्झनामा टानले पुरस्कार स्थापना गरेको महासचिव आङपेम्बा शेर्पाले जानकारी दिए ।टानले वितरण गर्ने पुरस्कारहरुको छनोटका लागि वरिष्ठ पर्यटन व्यवसायी बोधराज भण्डारीको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरेको छ । पर्यटन क्षेत्रमा विशेष याेगदान पुर्याउनेलाइ पुरस्कार प्रदान गरिनेछ । टानको ४१ औं वार्षिक साधारणसभा भदौ २० मा हुनेछ । टान नेपालको पर्यटन क्षेत्रको सबैभन्दा ठूलो संस्था हो । समितिका सदस्यहरुमा पर्यटन व्यवसायी डम्बर पराजुली, पूर्णचन्द्र भुसाल, ङावाङिमा शेर्पा र शीतलचन्द्र धरेल छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->